Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा दोहोरो अंकले गिरावट

नेप्सेमा दोहोरो अंकले गिरावट


मध्यान्तर
  • बुधबार, असार ९ २०७८

  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार ७९ अंकले बढेको नेप्से सूचक बुधबार पुन ५१.५६ अंकले घटेको हो।

    मंगलबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको भए पनि बुधबार त्यो टिक्न सकेन। बुधबार बजार  खुले देखिनै लगानीकर्ताले बिक्री चाप बढाउदा नेप्से सूचकमा झण्डै २ प्रतिशतको गिरावट देखिएको हो।

    बुधबार नेप्से सूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ७.३७ अंकले घटेको छ।

    यस दिन कारोबार रकम पनि ८ अर्ब रुपैयाँमा सीमित भएको छ। मंगलबार १० अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम उच्च दरले घटेको हो। बुधबार २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भएको छ।

    घटेको बजारमा दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.७१ प्रतिशतले बढेको छ भने ङादि ग्रुप पावरको पनि ९.०९ प्रतिशतले बढेको छ। यस्तै छ्याङ्दी हाइड्रोपावरको ६.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.१६ प्रतिशत र घलेम्दी हाइड्रोको ६.०२ प्रतिशतले बढेको छ।

    यता कालिका पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.६० प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको ५.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ५।१४ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको ५.०८ प्रतिशतले घटेको छ।

    आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्स्योरेन्सको ४२ करोड, राधी विद्युतको ३८ करोड, नेश्नल हाइड्रोपावरको ३३ करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    यस्तै कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार