Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सेयर कर्जामा सीमा तोक्दा नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

सेयर कर्जामा सीमा तोक्दा नेप्सेमा लगातार दोहोरो अंकको गिरावट


मध्यान्तर
  • मंगलबार, भाद्र १५ २०७८

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा सीमा तोक्दा नेप्से परिसूचक लगातार घटेको छ ।  नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर मार्जिन कर्जामा एउटा बैंकबाट ४ करोड  र जम्मा १२ करोडको ब्यत्तिगत सिमा तोकेपछी ठुला लगानीकर्ता प्रभावित हुने हुनाले त्यसको असर बजारमा देखिएको छ । मंगलबार नेप्से परिसूचक २.२७ प्रतिशत अर्थात ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको छ। पछिल्ला २५ कारोबार दिन ३००० विन्दुभन्दा माथि रहेको नेप्से, यस दिन तल झरेको हो। गत साउन ७ गते १८.७५ अंक बढेर ३००४.३२ विन्दुमा उक्लिएको नेप्से, पछिल्लो २५ कारोबार दिनपछि पहिलो पटक ३००० विन्दुभन्दा तल झरेको हो। सो २५ दिनको अवधिमा नेप्सेले ३१९८.६० विन्दुको अलटाइम हाइ क्लोजिङ्गको रेकर्ड बनाएको छ। गत भदौ २ गते नेप्सेले सो रेकर्ड बनाएको थियो। त्यसपछिका अधिकांश दिनहरुमा नेप्से घटेर बन्द भएको छ।

    यसरी नेप्से निरन्तरजसो ओरालो लाग्दा बजारमा डाउनट्रेण्ड शुरु भएको हो कि भन्ने आशंक लगानीकर्ताहरुले गर्न थालेका छन्। यद्यपि, विश्लेषकहरु भने यस गिरावटलाई करेक्सनको संज्ञा दिइरहेका छन्।

    यस दिन सेन्सेटिभ इण्डेक्स १२.३४ अंक घटेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ४.५५ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०९ अंक घटेको छ।

    यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ७७४ पटकको कारोबारमा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेपछि नेप्से पनि सोही दरमा घटेको हो। यस दिन विकास बैंक, जलविद्युत, वित्त र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

    बजार ओरालो लागेपनि यस दिन अरुण भ्याली हाइड्रोपावरको १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। सो कम्पनीको यस दिन १ अर्ब १ करोड ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४९ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    कारोबारमा आएको कर्णाली विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.५८ प्रतिशत बढेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य यस दिन ६.०८ प्रतिशत बढेको छ। रु रु जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन ९.९९ प्रतिशत घटेर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

     

    प्रतिक्रिया
    थप समाचार