Online Nepal आइतबार, जेष्ठ ६ २०८१

साताको अन्तिम कारोबार दिन नेप्से स्थिर

साताको अन्तिम कारोबार दिन नेप्से स्थिर


मध्यान्तर
  • बिहिबार, भाद्र २४ २०७८

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ०.६२ प्रतिशतले मात्रै बजार घटेको छ ।

    ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।

    व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।

    बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार भने कारोबारमा कमि आएको छ । बिहीबार जम्मा ७ अर्ब ५ करोड बराबरको कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार