Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

पेट्रोलियम पदार्थको मूल्य बृद्धि


मध्यान्तर
  • सोमबार, भाद्र ४ २०७५

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

    पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाइएको छ । त्यसै गरी आन्तरिक हवाइ इन्धनमा ४.५० रुपैंयाँ र अन्तराष्ट्रि हवाइ इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाइएको छ ।

    सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो । यस अघि पेट्रोलको ११०, डिजेल र मट्टितेलको प्रति लिटर ९३ रुपैंयाँ मूल्य थियो ।

    यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गोइतले जानकारी दिए ।

    मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर १.५९ रूपैयाँ र डिजेलमा ३.४९ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार