Online Nepal शुक्रबार, बैशाख २१ २०८१

छिमेकी देशमा उडान भर्न न्यारोबडी विमान किन्ने प्रस्ताव

छिमेकी देशमा उडान भर्न न्यारोबडी विमान किन्ने प्रस्ताव


मध्यान्तर
  • सोमबार, भाद्र ४ २०७५

  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयलाइन्स)ले नजिकका छिमेकी मुलुकमा उडान भर्न थप दुई वटा न्यारोबडी विमान किन्ने प्रस्ताव गरेको छ । निगमले विमान खरिद गर्ने व्यवसायिक योजनासहित सञ्चालक समितिबाट सैद्धान्तिक स्वीकृति लिएर पर्यटन मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

    निगमले यसअघि नै २ वटा न्यारोबडी र दुई वटा वाइडबडी विमान भित्र्याएको थियो । अब निगमले आफ्नो ‘बिजनेश प्लान’ अन्तर्गत पाकिस्तान, माल्दिभ्स, श्रीलंका, म्यानमारलगायतका देशमा उडान भर्ने व्यवसायीक योजनाकासाथ नयाँ न्यारोबडी किन्ने प्रस्ताव ल्याइएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए । उनले ती देशबाट सेवा विस्तारका लागि आग्रह हुँदै आएकाले व्यवसायिक सम्भावनाको आधारमा नयाँ योजना बनाइएको बताए ।

    अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालाम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको नेपाल एयरलाइन्सले अब जापान र कोरियामा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार