Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

मेगा बैंक र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्सबीच सम्झौता

मेगा बैंक र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्सबीच सम्झौता


मध्यान्तर
  • शुक्रबार, चैत्र १५ २०७५

  • काठमाडौं । मेगा बैंक नेपाल र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्सबीच सम्झौता भएको छ । बैंकले आफ्नै ‘मेगारेमिट’ को सञ्जाललाई विस्तार गर्दै कोइनसटसँग सम्झौता गरेको हो ।

    सम्झौता पछि दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका सम्पूर्ण शाखा तथा अन्य बैंकहरुमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् । साथै बैंकका २३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत समेत रकम भुक्तानी लिन सक्ने भएको छ । बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को समेत व्यवस्था गरेको छ ।

    कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा ६ दशमलब ५ प्रतिशत त्रैमासिक ब्याज समेत दिने भएको छ । साथै मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको बैंकले जानकारी दिएको छ ।

    बैंकले भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा विशेष छुटको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार