Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबिच विप्रेषण सेवा सम्झौता

सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबिच विप्रेषण सेवा सम्झौता


मध्यान्तर
  • मंगलबार, चैत्र १९ २०७५

  • काठमाडौं । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा भएका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने भएको छ ।

    यसरी डलर स्मार्ट मार्फत पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने छ । हाल यो सुविधा अष्ट्रेलिया र हङ्रकङ्रमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने छ ।

    डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नुपर्नेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ ।

    साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

    यस सनराइज बैंकको बिस्तारित सेवाबाट नेपालमा अझ वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार