Online Nepal शुक्रबार, बैशाख २१ २०८१

शिवम् सिमेन्ट्सले सर्वसाधारण शेयरधनिलाई झण्डै ७० करोड नगद लाभांश बाँड्दै

शिवम् सिमेन्ट्सले सर्वसाधारण शेयरधनिलाई झण्डै ७० करोड नगद लाभांश बाँड्दै


मध्यान्तर
  • मंगलबार, बैशाख १० २०७६

  • काठमाडौं । पब्लिक लिमिटेडमा रुपान्तरण भएको शिवम् सिमेन्ट्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको अवसर पारेर साधारण शेयरधनिहरुलाई समेत लाभांश बाँड्ने निणर्य गरेको छ ।  सिमेन्ट उत्पादक कम्पनीहरुमध्ये नेपालकै अग्रणी मानिने शिवम् सिमेन्टले सर्वसाधारणका लागि ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांस वितरण गर्ने निणर्य गरेको हो ।

    तेस्रो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सोमबार आयोजना भएको थियो । साधारणसभामा अध्यक्ष गोयलले सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ लाभांस बाँड्ने प्रस्ताव पेस गरेका थिए ।

    साथै उनले आर्थिक वर्ष २०७४/७५ मा वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका विवरण र आर्थिक वर्ष २०७५/७६ को आय(व्ययको लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश गरेका थिए । यी सबै प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    त्यसैगरी कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधीकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडि बढाउन सञ्चालक समितिलाई पूर्णअख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

    साथैै सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै अलका गोयल (काठमाडौं) सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएकोसमेत शिवम सिमेन्टले जानकारी दिएको छ ।

    सिमेन्ट उत्पादक कम्पनीहरुमध्ये नेपालकै अग्रणी मानिने शिवम् सिमेन्टले सर्वसाधारणका लागि दुई वर्षअघि मात्रै शेयर निस्कासन गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार