Online Nepal शनिबार, बैशाख २२ २०८१

सरकारलाई चालू आबमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल

सरकारलाई चालू आबमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल


मध्यान्तर
  • शुक्रबार, बैशाख १३ २०७६

  • काठमाडौं । सरकारलाई चालू आर्थिक वर्षमा लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल हुने भएको छ । गत वर्ष भन्दा आर्थिक वृद्धिदर बढेपनि सरकारले गरेको प्रक्षेपण अनुसार बृद्धि हुन मुश्किल रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । विभागले यस बर्ष ६.८१ प्रतिशत मात्रै आर्थिक वृद्धि हात पर्ने अनुमान सार्वजनिक गरेको छ ।

    गत वर्ष ६.३ प्रतिशत मात्रै आर्थिक वृद्धि भएकोमा सरकारले चालु आवको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हात पर्ने महात्वकांक्षी लक्ष्य लिएको थियो । तर, बजेटको अर्धवार्षिक समिक्षामा ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धि हात पर्ने गरी लक्ष्य संशोधन भएको थियो ।

    यसका वावजुद विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढदै मुलुकको कूल गार्ह्रस्थ उत्पादन (जीडीपी) को आकार ३४ खर्ब रुपैयाँमा पुग्ने बताएको छ भने आर्थिक वृद्धि ६.८१ प्रतिशत मात्रै रहनेछ ।

    कृषि क्षेत्रमा ५.०३ प्रतिशत वृद्धिदर हात पर्ने दृेखिएको छ भने गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत रहने अनुमान छ । विभागले नेपालीको प्रतिव्यक्ति आय यो वर्ष वार्षिक एक हजार ३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ डलर छ । यो वर्ष २६ डलर वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार