Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भारतिय नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

भारतिय नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन् । नेपालमा लगानीको उपयुक्त वातावरण बनेको दाबी गर्दै खतिवडाले त्यो अवसर नगुमाउन वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए ।

    काठमाडौंमा भएको नेपाल–भारत लगानी प्रदर्शनी तथा सम्मेलनको दोस्रो दिन बिहीबार उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको स्पष्ट पारे । खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार विस्तारका लागि सम्मेलन उपयोगी हुने बताए । उनले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तुहरु उत्पादनमा जोड दिन सक्ने उल्लेख गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुुक्त आयोजनामा गरिएको सम्मेलनमा ६० वटा भन्दा बढि ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन ।

    प्रतिक्रिया
    थप समाचार