Online Nepal शुक्रबार, बैशाख २१ २०८१

२४सै घण्टा ग्राहकको सेवामा रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय खुला रहने

२४सै घण्टा ग्राहकको सेवामा रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय खुला रहने


मध्यान्तर
  • बिहिबार, असार १२ २०७६

  •  

     

     

     

     

     

     

     

     

     

     

    काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बिमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक र रिलायन्स साथी ९अभिकर्ता० मा थप सेवा २४सै घण्टा वा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ ।

    सो सम्पर्क केन्द्रको उद्घाटन बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाले संयुक्त रुपमा गरेका छन् ।

    यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बिमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी ९अभिकर्ता०ले सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् ।

    नेपालको जीवन बिमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बिमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार