Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल एयरलाइन्सको एक मात्र बोइङ बिक्रीमा

नेपाल एयरलाइन्सको एक मात्र बोइङ बिक्रीमा

विमान अब पुरानो भएको र सञ्चालन खर्च उच्च रहेको भन्दै बेच्न लागिएको हो


मध्यान्तर
  • बुधबार, भाद्र २७ २०७५

  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफुसँग भएको एउटा मात्रै बोइङ बिक्रि गर्ने भएको छ । स्वीटजरल्याण्डबाट आएको फिन्टेक कम्पनीको टोलीले राष्ट्रिय ध्वजावहाक एक मात्र बोइङको मूल्यांकन गरेपश्चात बिक्रि गर्ने भएको हो ।

    बोइङ ७५७–२०० को मूल्यांकन गरेर टोली स्वीटजरल्याण्ड फर्किएको र केही समयमा उसले रिपोर्ट दिने निगमका सहप्रवक्ता शैलेश कंशाकारले जानकारी दिए । १९० सिट क्षमताको यो विमान मूल्यांकनको रिपोर्ट आएपछि निगमले ग्लोबल टेण्डरमार्फत बिक्री खुला गर्नेछ ।

    अब निगमले बोइङ छाडेर एयरबसलाई आफ्नो सारथि बनाउने निर्णय गरिसकेको छ । त्यसैअनुसार यसअघि एउटा बोइङ निगमले नेपालकै बीबी एयरवेजलाई बिक्री गरेको छ ।

    तीन दशक अघि अमेरिकी कम्पनी बोइङले नेपालमा डेलिभरी गरेको विमान अब पुरानो भएको र सञ्चालन खर्च उच्च रहेको भन्दै बेच्न लागिएको हो । अहिलेसम्म यो बोइङले अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

    स्वीस टोलीले बोइङ हालको प्राविधिक अवस्था, इन्जिनको स्थिति लगायतका बारेमा अध्ययन गरेको छ । यो बोइङ अबको एक वर्षभित्र बिक्री गरिसक्ने योजना छ ।

    बिक्रीको तयारीमा रहेको बोइङले अहिले दिल्ली, बैंगलोर, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार