Online Nepal शुक्रबार, बैशाख २१ २०८१

ईसेवा मनि ट्रान्स्फर र सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्स्फर र सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता


मध्यान्तर
  • बुधबार, असार २३ २०७८

  • काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, यूरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ ।

    विदेशमा रहेका नेपालीले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीले सिफ्ट मार्फत पठाएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार