Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लकडाउन पछिको शेयर बजार

लकडाउन पछिको शेयर बजार


गणेश खड्का
  • शनिबार, साउन १० २०७७

  • विश्वब्यापी फैलियको कोरोना भाइरसका कारण संसार भरको आर्थीक गतिविधी हरु ठप्प छन् । लाखैको रोजगार गुमेको छ ,वैदेशिक लगानी व्यापार कर राजस्व प्राय शुन्य छ , होटल पर्यटन उद्योग कलकारखाना सवै क्षेत्रको गतिविधी शून्य छ । विश्व आर्थीक मन्दीको स्थितीमा पुग्न लागेको छ । तर स्टक मार्केट विश्वको सबै मुलुकमा खुलेपनि नेपालमा भने करिव ११५ दिन बन्द रह्यो । कुनै पनि देशको आर्थीक सुचांक स्टक मार्केट हो यसलाई बन्द गर्नुपर्ने दुर्भाग्य थियो । अहिले ढिलै भएपनि नेपालको स्टक मार्केट खुलेको छ । सुरुको केहि दिन घटेपनि पछिल्ला दिनहरुमा बढ्नेक्रम जारी छ । लगानीकर्ताहरुको अहिले अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ छैन । बैंकमा तरलता उच्च छ र बैंकले निक्षेपको ब्याजदर घटाएको घटै छ । अन्य क्षेत्रमा पनि लगानी गर्ने ठाउँ छैन जस्ले गर्दा आम लगानीकर्ता हरु शेयर बजारमा आकर्षीत भएका छन् । शेयर बजारमा अहिले अनलाइन ट्रेडिंगको व्यवस्था , आइपीएस मार्फत भुक्तानी सेवा प्रणाली साथै सबै कारोबारहरु इलेक्ट्रोनिक माध्यम बाट गरिने हुनाले लकडाउले पनि खासै असर गर्नु नपर्ने तर राज्यको संयन्त्रले गर्दा बन्द गर्न बाध्य पारियो ।
    लगानीकर्ताहरुको अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नहुनु, आर्थीक वर्ष २०७७÷७८ को मौदिक नितीमा मार्जीन कल व्याजदर लगायत अन्य कुराको संबोधन हुनु साथै धितोपत्र बोर्ड तथा नेप्सेले पनि लगानी कर्ता हरुको मनोबल उच्च बनाउने जस्ता निर्देशिका आउनाले नेपालको स्टक मार्केट सकारात्मक दिशा तिर गइरहेको देखिन्छ ।तर यहि दिशालाई यहि गतिमा राख्नलाई सम्बन्धित निकायको गम्भिर ध्यान आकर्षन भैरहनु पर्दछ ।अहिले स्टक मार्केटमा करिब ८० प्रतिशत बैंक तथा वित्तिय क्षेत्रका कम्पनीहरु छन् । यसमा अझ आकर्षण बढाउनलाई गैर वित्तीय संस्थाहरुलाई धेरै भन्दा धेरै समावेस गर्नुपर्दछ । लकडाउनको समयमा बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यलय खोलेर जनतालाइ सेवा दिइरहेका थिए जसले गर्दा यीनीहरुको सन्चालन खर्च बढेपनि नाफा खासै घटेको देखिदैन । धमाधम वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई बोनश घोषणा गर्दै छन् । यसले पनि सेयर बजारलाई सकारात्मक असर परेको छ ।राष्ट बैंकले बैंक तथा वित्तिय संस्था हरुलाई नाफाले भ्याए सम्म आफ्ना लगानी कर्ता हरुलाई लाभान्स बाढ्न भनेको छ । कर्जा तिर्ने समय थपेको छ भने जरिवाना मिनाहा गर्ने व्यवस्था मिलाएको छ ।जस्ले गर्दा अबको स्टक मार्केट सकारात्मक रुपमा बढ्ने कुरामा दुइमत रहदैन ।

    प्रतिक्रिया
    थप समाचार