Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भोलिदेखि एनआरएन इन्फ्रास्टक्चरको आइपिओ 

भोलिदेखि एनआरएन इन्फ्रास्टक्चरको आइपिओ 


मध्यान्तर सम्बाददाता
  • बिहिबार, साउन १५ २०७७

  •  काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपिओ) साउन १६ गते अर्थात भोलीदेखि निश्कासन हुँदैछ ।

    प्रतिशेयर  एक सय अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ ।

    लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

    लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म  र ढिलोमा भदौ ३ गते आवेदन दिने अन्तिम मिति रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३१  लाख ४० हजार १८० कित्ता आवेदन दिन पाउनेछन् ।

    उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ ।
    त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

    यसैगरी, लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक,  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

    कति आवेदन दिने ?

    लगानीकर्ताको पर्खाइमा र रोजाइमा रहेको यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिँदा राम्रो हुन्छ । माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता मात्रै आवेदन दिँदा हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार