Online Nepal आइतबार, जेष्ठ ६ २०८१

धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए चन्द्र ढकालले

धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए चन्द्र ढकालले


मध्यान्तर
  • बुधबार, भाद्र ९ २०७८

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए । आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताएका छन् । धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनको भनाइ रहेको छ ।

    आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार