Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • बिहिबार, भाद्र १७ २०७८

  • काठमाडौँ । गत हप्तादेखि सेयर बजारमा लगातार गिरावट आएको छ । बिहीबार  ५० अंकको गिरावट आएको  छ। आज ५० अंकले घटेर नेप्से परिसूचक नेप्से २,९२६ अंकमा झरेको छ। आज कारोबार रकम पनि घटेको  छ । आज ९अर्व ५० करोड ९७ लाख ८२२ रुपैयाँको कारोबार भएको छ ।

    २०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेको नेप्सेले त्यसयता लगातार घटिरहेको छ। भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ।

    सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्।

    यसदिन सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन्। आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ।

    चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो।

    नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत बढीले घट्यो।

    कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भयो भने अपि पावरको ३२ करोड ९९ लाख रुपैयाँको कारोबार भयो।

     

    प्रतिक्रिया
    थप समाचार