Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

गोलभेंडाबाट वार्षिक सात लाख आम्दानी

गोलभेंडाबाट वार्षिक सात लाख आम्दानी


शिला रम्तेल
  • आइतबार, पुष १६ २०७४

  • हेटौंडा — मकवानपुरको ग्रामीण भेगका एक कृषकले गोलभेंडा खेतीबाट वार्षिक ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।  प्लास्टिकको टनेल बनाएर उनले विषादीरहित गोलभेंडा खेती गरेका थिए । गोलभेंडा खेतीबाट मनग्य आम्दानी गर्ने मकवानपुरगढी गाउँपालिका ६ डुम्रेनाका सिंहबहादुर सापकोटा हुन् ।

    डुम्रेकुनामा उनले १८ वटा टनेल बनाएर गोलभेंडा खेती गरेका थिए । चारवटा टनेलमा उनले थोपा सिँचाइ प्रविधि अपनाएर गोलभेंडा खेती गरेका थिए भने चौधवटामा पानीको व्यवस्था गरेका थिए । विगतमा अर्काको जग्गा भाडामा लिएर तरकारी खेती गरेर त्यसको आम्दानीले उनले डुम्रेकुनामा जग्गा खरिद गरेका थिए । आफ्नै जग्गामा कृषि विकास कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा उनले प्लास्टिकको टनेल बनाएर गोलभेंडा खेती गरेका हुन् । सिर्जना, कविता र सूर्य जातका गोलभेंडाका बिरुवा लगाएका थिए ।

    प्रतिक्रिया
    थप समाचार