Online Nepal शुक्रबार, असोज ३१ २०८२
विशेष सम्पादकीय

सबैप्रति न्याय गराैं,सुशासन कायम गराैं

सबैप्रति न्याय गराैं,सुशासन कायम गराैं


मध्यान्तर
  • आइतबार, भाद्र २९ २०८२

  • लामो समयदेखि ब्याप्त भ्रष्टाचार सुशासनको अभावले नेपाली जनाताहरु आजित भएका छन्। काममा ढिलासुस्ती सरकारी कर्मचारीहरुको व्यवहार, प्रक्रियागत काममा लम्बाई  र नेताहरुको विलासीपनले गर्दा जनताहरु देशका नेताहरुप्रति आक्रोशित भएका थिए । त्यसको प्रतिक्रियामा जेनजीको आन्दोलन उठेको हो । त्यसले कति क्षति गर्यो हिसाव किताब साध्य छैन । अबको सरकारले यस्ता जनतामा उब्जेका आक्रोशलाई सम्बोधन गर्न सक्नुपर्छ । किनकी त्यही आक्रोसको जगमा यो सरकार बनेको हो ।

    सबैप्रति न्याय गराैं,अन्याय कसैलाई नगराैं,सुशासन कायम गराैं,भ्रष्टाचार नियन्त्रण गराैं। राष्ट्रिय एकता कायम गराैं,आ- आफ्नाे जिम्मेवारी,जवाफदेहिता कर्तव्य पूरा गराैं र दायित्व निर्वाह गराैं।

    गैर संवैधानिक र गैरकानुनी काम अब जनतादेखि राष्ट्रपति सम्मले गर्दै नगराैं। हिजाे सबैले धेरथाेर गल्ती,कमजाेरी र अपराध गरेका हुन। त्यसलाई स्वीकार गर्दै,मनन गर्दै आफुलाई सच्चाउदै,आफ्ना गलत कार्यशैली,आचरण,आनी-वानीमा आमूल सुधार गर्दै तपाईं हामी सबै सुघ्रिओैं। देशलाई शान्त,सुसंस्कृत,समुन्नत,विकसित र समृद्व बनाओैं। राजनीतिक रूपमा खवरदारी गर्दै आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई स्वच्छ,निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने दिशामा सबै नागरिक,राजनीतिक दल,नेता,कार्यकर्ता,जेनजी,सबै पेशाकर्मी,कर्मचारी,सुरक्षाकर्मी,नागरिक समाज लागाैं। राष्ट्रलाई बचाओैं,शान्ति,राजनीतिक स्थिरता,राष्ट्रिय एकता कायम गराैं र मुलुकलाई समृद्व बनाओैं।

    प्रतिक्रिया
    थप समाचार