Online Nepal मंगलबार, बैशाख ११ २०८१

इक्यानद्वारा कर अभिमुखीकरण कार्यक्रम संचालन

इक्यानद्वारा कर अभिमुखीकरण कार्यक्रम संचालन


मध्यान्तर
  • सोमबार, कार्तिक २५ २०७६

  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ– इक्यानले आइतबार राजधानीमा कर अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । इक्यानले आफ्ना सदस्यहरुलाई करका विषयमा भएका/रहेका द्विविधा हटाउन र जागरण फैलाउने उदेश्यले कर कार्यालय पुतलीसडकसँगको समन्वयमा कर अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो ।

    व्यवसायीक रुपमा कर प्रणाली र यसका विविध पक्षबारे जानकारी राख्नु पेशाव्यवसाय गर्नेहरुको दायित्व भएकाले अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपरेको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले बताए । उनले भने– ‘हामी व्यवसाय गर्छौं, करमा पनि छौं तर कर तिर्दा र नतिर्दा हुने फाईदा र हानीका विषयमा त्यति धेरै जानकार छैनौं, अझ भनौं पर्याप्त परामर्श पाएका छैनौं । व्यवसायीले कर तिर्ने भन्दा पनि राज्यलाई कसरी मिलाउने भन्ने कुरापनि आउँछ । यस्ता कुराबाट पर्न जाने दण्डजरिवानका विषयमा पनि बुझ्न जरुरी छ ।’ राज्य विकासको लागि शैक्षिक परामर्श व्यवसायीको योगदान पनि आवश्यक रहेको भन्दै पाण्डेले करसम्बन्धि परामर्श लिएर व्यवसायीक रुपमा प्रष्ट हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सहभागि व्यवसायीहरुले करका विषयमा कहिले/कसरी तिर्ने, कर नतिर्दा वा तोकिएको समयमा नतिर्दा हुने दण्ड जरीवाना, फुल अडिट भनेको के हो ? फुल अडिटमा कसरी परिन्छ ? समयमै कर तिर्दाका फाईदा, सामाजिक सुरक्षा कोषमा हुने सहभागिता लगायत करप्रणालीसँग जोडीएका विविध प्रश्नहरु उठाएका थिए भने कर अधिकारीहरुले पनि विस्तृत जानकारी दिनुका साथै निमानुसार आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए ।

    कार्यक्रममा झण्डै एकसय ५० भन्दा बढीको सहभागिता रहेको थियो भने आगामी दिनमा पनि व्यवसायी हित र सुरक्षाको लागि यस्ता अभिमुखीकरण कार्यक्रहरु संचालन गर्दै जाने इक्यानले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार