Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कक्षा १२ को सबै समूहको नतिजा सार्वजनीक

कक्षा १२ को सबै समूहको नतिजा सार्वजनीक


मध्यान्तर संवाददाता
  • बिहिबार, साउन १७ २०७५

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीमा गएपछि पहिलो पटक कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बार्डले गत बैशाखमा संचालित परीक्षामा सहभागि नियमित तथा आंशिक सबै परिक्षार्थीहरुको नतिजा सार्वजनीक गरेको हो ।

    परिक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न गरिएको छ ।

    एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा पुर्नयोग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार