Online Nepal बुधबार, जेष्ठ २ २०८१

क्याम्ब्रिज इन्स्टिच्यूटले पूर्वाञ्चलमा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ गर्दै

क्याम्ब्रिज इन्स्टिच्यूटले पूर्वाञ्चलमा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ गर्दै


मध्यान्तर
  • बिहिबार, साउन ३१ २०७५

  • काठमाडौं । क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीले विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै पूर्वाञ्चलमा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ गर्ने भएको छ । पूर्वाञ्चलमा आफ्नो छुट्टै पहिचान बनाएको क्याम्ब्रिजले पूर्वका विभिन्न शहरमा भदौ १ देखी ३ गते सम्म एजुकेशन फेयर संचालन गर्ने भएको हो ।

    भदौ १ गते विर्तामोड, २ गते दमक र ३ गते इटहरीमा अष्ट्रेलियको विभिन्न युनिभर्सिटी र कलेजको सहभागितामा फेयर संचालन गरिने क्याम्ब्रिजका संस्थापक एवं प्रमुख कार्यकारी शिशिर सिम्खडाले जानकारी दिए । उनले भने– ‘फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढी उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधिबाट विद्यार्थीले करियर काउन्सिलिङसँगै अष्ट्रेलियन शिक्षा प्रणाली, अध्ययन शुल्क, छात्रबृत्ति, भाषिक योग्यता, भिषा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।’

    योग्यता अनुसार उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीलाई केन्द्रित गरी संचालन गर्न लागिएको एजुकेशन फेयरमा ३ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अहिले अष्ट्रेलियालाई फोकस गरेर फेयर संचालन गरेपनि संस्थाले अमेरिका, क्यानडा, बेलायत, न्यूजिल्याण्ड, जापान, भारतलगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको सिम्खडाले बताए ।

    पूर्वाञ्चलबाट शैक्षिक परमर्श सेवा विस्तार गरेको क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीले काठमाडौंमा मुख्य कार्यालय स्थापना गरी मुलुकभर ११ वटा शाखा विस्तार गरिसकेको छ ।

    प्रतिक्रिया
    थप समाचार