Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एआईबीटी प्रकरणमा प्रभावित विद्यार्थी समस्या समाधानबारे जानकारी दिन परामर्शदाताको शैक्षिककम्पनीहरुका छाता संगठनले गरे संयुक्त पत्रकार सम्मेलन

एआईबीटी प्रकरणमा प्रभावित विद्यार्थी समस्या समाधानबारे जानकारी दिन परामर्शदाताको शैक्षिककम्पनीहरुका छाता संगठनले गरे संयुक्त पत्रकार सम्मेलन


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं। शैक्षिक परामर्शदाता कम्पनीहरुका छाता संगठनहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका छन् । छाता संगठनहरु ईक्यान, फेकन, आईरिन र नाईरले अष्ट्रेलियाको एआईबिटी कलेजमा पढिरहेका बिद्यार्थीका समस्या र समाधानका लागि गरिरहेका प्रयासहरुबारे पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    परामर्शदाताहरुले एआईबिटीको समस्या समाधान गर्ने तर्फ आफुहरु लागिरहेको र यस बिषयप्रति सरकारले पनि ध्यान दिन जरुरी रहेको जानकारी दिएका छन् ।

    सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ९एआईबिटी० को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको थियो । कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा)ले दर्ता खारेज गरे ।

    ईक्यानका अध्यक्ष बिष्णुहरु पाण्डेको अनुसार हाल एआईबिटीमा धमाधम कक्षाहरु संचालन भईरहेको र विद्यार्थीहरुले क्लास लिईरहेको अवस्था छ । हामी निरन्तर एआईबिटी र विद्यार्थीहरुसँग सम्पर्कमा छौं, उनले भने । एआईबिटीका कारण कति जना विद्यार्थी प्रभावित भएको तथ्य भने अझै बाहिर आएको छैन ।

    पत्रकारहरुले गरेका प्रश्नहरुको जानकारी दिदै संगठनहरुले अहिले विद्यार्थीको समस्या र संख्याका बारेमा समेत अध्यायन र अनुसन्धान भैरहेको जनाए । यसका लागि अष्ट्रेलिया स्थीतका संघ संस्थाहरुसंग समेत छलफल भैरहेको जानकारी दिएका छन् । धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सीङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न नसकिएता पनि केहि अध्ययन पश्चात सो पनि प्राप्त हुन सक्दछ । एनओसी लिएका सबै विद्यार्थीले भिषा पाउने निश्चित नभएको हुँदा सोको आधारमा पनि संख्या निश्चित हुन सम्भव देखिदैन ।

    नेपाल स्थित शैक्षिक परामर्शदातृ कम्पनीका छाता संगठनहरु नेपाल शैक्षिक परामर्श संघ ईक्यान, फेकन, आईरिन र नाईरले ले संयुक्त रुपमा समस्याको समाधानका निमित्त पहल गरि रहेको जनाएका छन् ।

     

    यस्तो छ, प्रेस विज्ञाप्ति

     

    प्रतिक्रिया
    थप समाचार