Online Nepal बिहिबार, जेष्ठ ३ २०८१
शिक्षा

राहत शिक्षक आन्दोलनः पानीको फोहोरा की उचित व्यवस्थापन ?

राहत शिक्षक आन्दोलनः पानीको फोहोरा की उचित व्यवस्थापन ?


मध्यान्तर
  • मंगलबार, फाल्गुन २१ २०७५

  • काठमाडौँ । आइतबारदेखि राहत शिक्षकहरु आन्दोलनमा छन् । उनिहरु पेशागत माग राखेर आन्दोलनमा उत्रिएका हुन । उनिहरुको माग छ की- राहत शिक्षकलाई पनि स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरियोस् ।

    सामूदायिक विद्यालयमा कार्यरत राहत शिक्षकलाई उचित सम्बोधन नगरी सरकारले एकतर्फि रुपमा संघिय शिक्षा एैन ल्याएको भन्दै आन्दोलन गर्नु परेको शिक्षकहरुको भनाइ छ । आफ्नो माग सम्बोधन गराउन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई सरकारले दमनको नीति लिएको देखिन्छ ।

    आन्दोलनको पहिलो दिन आइतबार नै शिक्षकहरुको प्रहरीसँग झडप पर्यो । दोस्रो दिन आन्दोलनको रफ्तार बढ्यो र प्रहरीले पानीको फोहोरासहित लाठि बर्सायो भने शिक्षकले ढुङ्गामुढा प्रहार गरे । झण्डै ४० हजारको हाराहारीमा रहेका राहत शिक्षकको मागलाई कमजोरी ठानेर शिक्षक र प्रहरीबीचको झडप मात्र ठानिनु हुन्न । पानीको फोहोरा र प्रहरीको लाठिले समस्या समाधान गर्दैन ।

    यसको उचित व्यवस्थापन र सम्बोधनको लागि आवश्यक पहल गरिनु बढी श्रेयष्कर हुन्छ । प्रहरी झडपपछि शिक्षकहरु अझ तातेका छन् । केन्द्रिय राजधानीको सडकमा ट्राफिक व्यवस्थापन जटिल बनेको छ । संसद भवन अगाडीको सडक रणमैदान जस्तो देखिन थालेको छ । शान्तिपूर्ण रुपमा राखिएको मागलाई मिलाएर सम्बोधन गर्न नसक्नु नै सडक आन्दोलनको उपज भएको छ ।

    आवश्यक पर्दा मात्र प्रयोग गर्ने नीति हानिकारक हुन सक्छ, राहत शिक्षकको आन्दोलनलार्ई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा, लाठि, अश्रुग्यास प्रयोग गर्नु सरकारले आफ्नो कुरा नमान्नेलाई सडकमै तह लगाएर ठिक पार्छु भन्ने सन्देश दिनु हो ।

    तसर्थ आनदोलनमा उत्रिएका शिक्षकलाई पानीको फोहोरा, लाठि, अश्रुग्याँसले सडकबाट लखेट्न खोज्नु भन्दा समयमै सिंहदरबारबाट सम्बोधन गरी व्यवस्थापन गरे राहत कोटाबाटै भएपनि पढाउँदै आएका शिक्षकहरुको योगदानको पनि कदर हुन्थ्यो की !

    प्रतिक्रिया
    थप समाचार