Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

गण्डकी मेडिकल कलेजमा एकपछि अर्को छानबिन समिति, विद्यार्थीमाथि न्याय होला त !

गण्डकी मेडिकल कलेजमा एकपछि अर्को छानबिन समिति, विद्यार्थीमाथि न्याय होला त !


मध्यान्तर
  • बिहिबार, फाल्गुन २३ २०७५

  • ????????????????????????????????????

    काठमाडौं । गण्डकी मेडिकल कलेजले नियम विपरित अध्ययन शुल्क लिने गरेको तथ्य बाहिरिएपछि एमबिबिएस अध्ययनरत विद्यार्थीको पढाई प्रभावित भएको छ । सरकारले तोकेको शुल्क बाहेक कलेजले लिएको अतिरिक्त शुल्कको प्रमाणसहित विद्यार्थीहरु सम्बन्धित निकायमा पटक–पटक पुगे । सिंहदरवारलाई पनि गुहारे । उनिहरुले जिल्ला प्रशासन कार्यालय, मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयलाई समस्या समाधान गरिदिन आग्रह गरे । कलेजमा विवादले उग्ररुप लिएपछि टियुले छानविन समिति गठन गर्यो । तर नतिजा निस्कन सकेको छैन । विवादबारे एक महिनाको अवधिमा २ वटा समिति पनि गठन भएर छानबिन भइरहेको छ ।

    त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले केही दिनअघि नै छानबिन गरेर समितिले त्रिवि अनुगमन महाशाखाका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाललाई बुझाइसकेको छ ।

    डा. ओम बरालको नेतृत्वमा आएको टोलीले ४ दिनसम्म पोखरा बसेर विद्यार्थी र कलेजका तर्फबाट कागजपत्र लिएर गएको थियो । बराल नेतृत्वको टोलीले महाशाखालाई प्रतिवेदन बुझाएपछि बुधबार फेरि महाशाखाले उपकुलपतिसहित रहने त्रिवि कार्यकारी परिषदमा प्रतिवेदन बुझाएको छ ।

    तर, विद्यार्थीहरुलाई शंका छ । भन्छन्, ‘अनुगमन गर्न आउने टोलीलाई लिन मेडिकल कलेजले विमानस्थलसम्म गाडी पठाएको थियो । होटलमा पुगेर बैठक गरेको भिडियोसमेत प्राप्त गरेका छौं । कलेजकै सुविधा लिएर गरिएको छानबिनप्रति हामीलाई शंका छ ।’

    डा. ओम बरालले भने आफुहरुले विद्यार्थी र बलेजबाट प्राप्त गरेको डकुमेन्टसँगै फिल्डमा जे देखियो त्यही समेटेर प्रतिवेदन बुझाएको बताए । ‘हामीले जे देख्यौं, त्यही बुझाएका छौं, अब जे गर्छ कार्यकारी परिषदले नै गर्ने छ ।’

    बराल नेतृत्वको टोलीले प्रतिवेदन बुझाएकै दिन फेरि अर्को टोली छानबिनका लागि भन्दै पोखरा आइपुगेको छ । त्रिवि उपकुलपति तीर्थ खनियाले यही फागुन १७ गते प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरेका थिए । यो टोलीले पोखरा आएर छानबिन थालेको छ ।

    अहिले विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस तेस्रो वर्षको परीक्षासमेत दिएका छैनन् । परीक्षामा सन् २०१५ व्याचका ८३ र सन् २०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ विद्यार्थी गरी ८६ जनाले परीक्षा नदिएका हुन् । कलेज प्रशासनले पटक–पटक ढाँट्ने र नियमअनुसार पनि नगर्ने, अतिरिक्त शुल्कको कारण पनि देखाउन नसक्ने र तिरेको अतिरिक्त शुल्कको भरपाई पनि नदिएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुले जनाएका छन् । कलेजले उल्टै देख्लास्, पख्लास् भन्ने तरिकाले व्यवहार गरिरहेकोले छ,’ एमबिबिएस तेस्रो वर्षको परीक्षासमेत नदिएर आन्दोलन गर्नुपरेको परिवर्तन भाटले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार