Online Nepal बुधबार, जेष्ठ २ २०८१

भदौं १२ गते ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर’

भदौं १२ गते ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर’


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०७५

  • काठमाडौं । मेट्स एजुकेशनले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि चितवनमा एक दिने शैक्षिक मेला ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्ने भएको छ । । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले आगामी भदौं १२ गते ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्न लागेको हो । विहान ११ः०० देखी ४ः०० बजेसम्म भरतपुर गार्डेन रिसोर्टमा मेला संचालन हुने आयोजकले जनाएको छ ।

    मेट्स इन्टरनेशनल विषेशतः अष्ट्रेलिया अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई दक्ष काउन्सिलरहरुद्वारा गुणस्तरिय एवं जिवनपयोगी शैक्षिक परामर्श दिंदै आएको संस्था हो ।

    मेट्सले नेपालका मूख्य शहर काठमाडौं, पोखरा, बुटवल र चितवनबाट परामर्श सेवा प्रदान गर्दै आईरहेको छ । १५ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा झण्डै २० वटा कलेज तथा विश्वविद्यालयको सहभागिता रहने छ ।

    मेलामा जेम्सकुक युनिभर्सिटी, साउदनक्रस युनिभर्सिटी, फेडेरेशन युनिभर्सिटी, युनिभर्सिटी अफ सनसाईन कोष्ट, कपलान विजनेश स्कूल, द होटेल स्कूल सिड्नी, क्वीन्सफोर्ड कलेज, भाईब कलेज, अष्ट्रेलियन टेक्निकल कलेज, रेन्जफर्ड कलेज, अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया, अष्ट्रेलियन इन्टरनेशलन एकेडेमी, सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट, सिड्नी मेट्रो कलेज, न्यू इरा इन्स्टिच्युटलगायतका प्रतिष्ठित शैक्षिक संस्थाहरुले भाग लिएको मेट्सले जनाएको छ ।

    फेयरको मूख्य विशेषतामा वन टु वन काउन्सेलिङ, इभ्यालुसन एण्ड प्रोसेसिङ गाईडेन्स, आईइएलटिएस रजिष्ट्रेशन एण्ड टेष्ट डेटको जानकारी तथा फेयरमा सहभागि हुने विद्यार्थीहरुका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको मेट्स एजुकेशनले जनाएको छ । फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन सक्नेछन् । मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार