Online Nepal बुधबार, जेष्ठ २ २०८१
शैक्षिक परामर्श

एबीसी ‘इजुकेसन इन्फरमेसन सेमिनार– २०१९’ आयोजना हुँदै

एबीसी ‘इजुकेसन इन्फरमेसन सेमिनार– २०१९’ आयोजना हुँदै


मध्यान्तर
  • बुधबार, जेष्ठ १ २०७६

  • काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको एबीसी इजुकेसन एन्ड माइग्रेसनले दोस्रो संस्करणको ‘इजुकेसन इन्फरमेसन सेमिनार– २०१९’ आयोजना गर्ने भएको छ । भोली अर्थात यहि जेठ २ गते काठमाडौंमा र ४ गते चितवनमा सेमिनार संचालन हुनेछ । सेमिनार सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

    अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एबीसीले काठमाडौंमा कार्यालय स्थापना गरी सन् २०१५ बाट शैक्षिक परामर्श दिंदै आइरहेको छ । नेपालमा कार्यालय स्थापना भएको छोटो समयमा नै अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई गुणस्तरिय एवं जीवनपयोगी परामर्श दिंदै आएको एबीसीले अघिल्लो बर्ष चितवनमा पहिलो संस्करणको सेमिनार सफलतापूर्वक सम्पन्न गरेको थियो ।
    यो शैक्षिक सेमिनार विषेशतः कक्षा १२ को परिक्षा दिएर अध्ययनको लागि अष्ट्रेलिया जाने योजना बनाएका विद्यार्थीहरुलाई एकै थलोबाट आवश्यक जानकारी दिन सकियोस भन्ने उदेश्यले आयोजना गरिएको एबीसी एजुकेशनका सेल्स एण्ड मार्केटिङ म्यानेजर एवं इजुकेसन इन्फरमेसन सेमिनार– २०१९का संयोजक किरण भट्टराईले बताए । उनले भने– ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई त्यहाँको कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा एबीसीका अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङ सँगै दैनिकीसँग जोडिएर आउने विविध विषयमा परामर्श दिन यो सेमिनार आयोजना गर्न लागिएको हो ।’

    सेमिनारमा वेस्टन विश्वविद्यालय, साउथर्न क्रस विश्वद्यालय, एक्सेलसिया कलेज, किंग्स कलेजलगायतका ८ वटा कलेज तथा युनिभर्सिटीको सहभागिता रहने भट्टराईले जानकारी दिए । सेमिनारमा झण्डै पाँचसय विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । सेमिनार विद्यार्थीको लागि मात्र नभएर अभिभावकको लागि पनि भएको संयोजक भट्टराईले बताए । उनले अध्ययनको लागि अष्ट्रेलिया जाने मनस्थिति बनाएका छोराछोरीका अभिभावकलाई पनि सेमिनारमा भाग लिन आग्रह गरे । भट्टराईले भने– ‘यो सेमिनार विद्यार्थी मात्र नभई उनिहरुका अभिभावकले पनि कलेज तथ युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद र परामर्श गर्न पाउन भन्ने उदेश्यले आयोजना गरिएको हो । किनभने आर्थिक दायीत्वसँगै अभिभावकले आफ्नो छोराछोरीले अस्ट्रेलिया गएर कुन विषय पढ्दैछन्, कुन विश्वविद्यालय वा कलेज रोज्दैछन्, र भोलिको दिनमा कस्तो अवसर पाउने हुन् त्यसको जानकारी पाउनुपर्छ ।’

    सेमिनारमार्फत विद्यार्थीलाई अष्ट्रेलियाको भिषा प्रक्रिया, लागत, कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा विशेष जानकारी दिनेछ । एबीसीले विद्यार्थीलाई ‘ह्युज स्कलरसिप’को अफर गरेको छ । विद्यार्थीलाई दक्षताको आधारमा स्कलरसिपको व्यवस्था गरिएको र त्यसबारे अझै बढी जानकारी लिन सेमिनारमै भाग लिनुपर्ने कम्पनीले जनाएको छ । काठमाडौंमा हुने सेमिनार पुतलीसडक स्थित एबीसी इजुकेसनको आफ्नै हलमा १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ भने चितवनमा भरतपुर गार्डेन रिर्साेटमा बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ । सेमिनारमा भाग लिने सवैलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    अष्ट्रेलियामा १० वर्षभन्दा बढी अनुभव हासिल गरेका व्यक्तिहरुद्वारा संचालित एबीसी एजुकेशनले नेपालका मुख्य शहर काठमाडौं, चितवान, टाँडी, विर्तामोडमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने यहि जेठ महिनाको पहिलो हप्ताबाट संचालनमा आउने गरी बुटवलमा पनि शाखा स्थापना गरिएको संयोजक भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार