Online Nepal बुधबार, जेष्ठ २ २०८१
शिक्षा

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम

अब कक्षा ११ र १२ को संकाय खारेज गरी ७ वटै विषय समाबेस


मध्यान्तर
  • सोमबार, भाद्र ११ २०७५

  • काठमाडौं । लामो समयदेखि शैक्षिक संरचनामा परिवर्तन हुनुपर्ने माग उठिरहेको वेला पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम स्विकृत गरेको छ । बाल कक्षादेखि १२ कक्षासम्म नयाँ पाठ्यक्रम–२०७५ स्वीकृत गरेको गरेको हो । अब परिषद्ले स्विकृत गरेको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखी लागु हुनेछ ।

    नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन । यसअघि ५ वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित ४ विषय अनिवार्य हुनेछन् भने ऐच्छिकमा ३ विषय हुनेछन् ।

    साधारण धारबाहेक कक्षा ९ देखि १२ सम्म विद्यार्थीले प्राविधिक तथा व्यावसायिक, संस्कृत र वेद विद्याश्रम र गुरुकुल र परम्परागत शिक्षा समूह (विहार र मदरसा) मा अध्ययन गर्न पाउनेछन् । यसअघि कक्षा ९ र १० मा ८ वटा विषय अध्ययन र अध्यापन हुँदै आएकामा नयाँ पाठ्यक्रमले ७ वटामा झारेको छ । स्वास्थ्य र जनसंख्या विषय हटाइएको छ । विज्ञानमा प्रविधि थप गरिएको छ । ५ वटा अनिवार्य र दुई ऐच्छिक विषय छन् ।

    त्यस्तै, कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेसा व्यवसाय र नागरिक तथा नैतिक विषय हटाइएको छ । सामाजिक अध्ययनमा मानव मूल्य शिक्षा थप भएको छ । आधारभूत तहमै मातृभाषा र स्थानीय विषयमा पठनपाठन गराउन प्रतिहप्ता ४ घण्टा छुट्याइएको छ । कक्षा १ देखि ३ मा भने एकीकृत पाठ्यक्रम बनाएर विषयगत शिक्षण गर्न लागिएको छ ।

    प्रारम्भिक बालविकास कक्षामा दैनिक एक घण्टा मनोरञ्जनसहित आधारभूत र विषयगत सीप सिकाइको क्षेत्र निर्धारण गरिएको छ । यसअघि बालविकास शिक्षाको आफ्नै पाठ्यक्रम थिएन । निस्शुल्क तथा अनिवार्य शिक्षा ऐनको मस्यौदामा पनि कक्षा १ मा भर्ना हुनुअघि एक वर्ष अनिवार्य रूपमा बालविकास कक्षा पढ्नुपर्ने उल्लेख छ ।

    संरचना स्वीकृत भएकाले यस वर्ष परीक्षणका रूपमा मात्रै लागू गरिने केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारीले बताए । उनका अनुसार परिषद्ले स्विकृत गरेको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइने छ ।

    प्रतिक्रिया
    थप समाचार