Online Nepal बुधबार, जेष्ठ २ २०८१

‘ड्रिम अन एजुकेशन फेयर–२०१८’ को सम्पूर्ण तयारी पूरा

‘ड्रिम अन एजुकेशन फेयर–२०१८’ को सम्पूर्ण तयारी पूरा


मध्यान्तर
  • मंगलबार, भाद्र १२ २०७५

  • ??

    काठमाडौं । ड्रिम अन एजुकेशन कन्सल्टेन्सीले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना गर्न लागेको शैक्षिक मेला ‘ड्रिम अन एजुकेशन फेयर–२०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । यहि भदौ १६ गते अर्थात सेप्टेम्वर १ तारिखका दिन काठमाडौंको होटल सांग्रीला लाजिम्पाटमा आयोजना हुने उक्त फेयरको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

    विषेशतः उच्च शिक्षाको लागि नेपाली विद्यार्थी र विदेशी विश्वविद्यालय र कलेजविच प्रत्यक्ष परामर्श, संवाद र अन्तरक्रियाको अबसर सिर्जना गर्न कन्सल्टेन्सीले एजुकेशन फेयर आयोजनाको तयारी गरेको हो ।

    वैदेशिक शिक्षा सम्बन्धी परामर्श तथा सहजीकरणको लागि मेला आयोजना गर्न लागिएको ड्रिम अन एजुकेशनका निर्देशक भिम थापाले जानकारी दिए । उनले फेयरको उदेश्य विद्यार्थीलाई सत्य तथ्य जानकारी दिने, सम्बन्धित देशको नीतिनियम, कानुन र जीवनशैलीलाई बुझाउने, छात्रवृत्ति, कलेज र विश्वविद्यालयको छनौट तथा भर्ना, करिअर काउन्सेलिङ, भिजा प्रोसेसलगायतका विषयमा जानकारी दिनु रहेको बताए ।

    मेलामा अस्ट्रेलिया, न्युजिल्याण्ड, जापानलगायत मुलुकका प्रतिष्ठित एवं ख्याति प्राप्त कलेजरयुनिभर्सिटीको सहभागिता रहने छ । एक हजार भन्दा बढी विद्यार्थी एवं अभिभावकले मेलामा सहभागिता जनाउने आयोजक छ । मेला विहान ९ः०० देखी बेलुका ५ः०० बजेसम्म अवलोकन गर्न सकिनेछ ।

    प्रतिक्रिया
    थप समाचार