Online Nepal बुधबार, जेष्ठ २ २०८१
शिक्षा

बिमस्टेकले उपत्यकाको शैक्षिक क्षेत्र प्रभावित १४ र १५ गते शिक्षण संस्था बन्द

बिमस्टेकले उपत्यकाको शैक्षिक क्षेत्र प्रभावित १४ र १५ गते शिक्षण संस्था बन्द


मध्यान्तर
  • मंगलबार, भाद्र १२ २०७५

  • काठमाडौं । बिमस्टेक सम्मेलनले उपत्यकाको शैक्षिक क्षेत्र प्रभावित हुने भएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको आवागमनलाई सुरक्षित, व्यवस्थित बनाउन भन्दै सरकाले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेसँगै शैक्षिक संस्था प्रभावित हुने भएका हुन् ।

    गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज (मंगलवार) बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

    बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ । बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने गृह मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार