Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पोखरामा क्रिष्चियन धर्म गुरुको कोरोनाकै कारण मृत्यु

पोखरामा क्रिष्चियन धर्म गुरुको कोरोनाकै कारण मृत्यु


मध्यान्तर
  • आइतबार, साउन २५ २०७७

  • काठमाडौ । साउन २५ , कोरोना निको पार्ने दाबी गर्दै प्रार्थना गराउने पोखरामा क्रिस्सिएयन धर्म गुरुको कोरोनाकै कारण मृत्यु भएको छ ।
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय धर्म गुरुको मृत्यु भएको हो ।मधुमेहका रोगीसमते रहेका उनको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । यी क्रिष्चियन धर्मगुरुले आफ्नै घरमा प्रार्थना चलाउँदै आएका थिए । उनको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    थप समाचार