Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौंमा २ जना लागु औषध सहित पक्राउ

काठमाडौंमा २ जना लागु औषध सहित पक्राउ


मध्यान्तर
  • बुधबार, पुष ११ २०७५

  • काठमाडौं । हालै कपनस्थित सरस्वती नगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ ।

    प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेका छन् ।

    प्रहरीले उनीहरुको साथमा रहेको ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद गरेको छ ।

    लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

    त्यसैगरी टोखा नगरपालिका–९ भत्केको पुल डेरा गरी बस्ने सिन्धुपाल्चोकका टेकबहादुर श्रेष्ठको सिन्धुपाल्चोक खाजा घरबाट मङ्गलबार साँझ विभिन्न ब्राण्डका मदिरा र नगद रु नौ हजारसमेत गरी करीब रु ६९ हजार ७८० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार