Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृत अवस्थामा भेटिएको छ। नगरपालिकाको निकोसेरामा बाबुआमा र छोराको शव भेटिएको हो।मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन्। घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

    भुइँतलासहित चार तलाको घरको दोस्रो, तेस्रो र चौथो तलामा एक–एक वटा शव भेटिएको छ। सबैभन्दा माथिको तलामा सुदिपको शव छ। दोस्रो तलाको बाहिर कुकुर पनि मरेको अवस्थामा भेटिएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा छ भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्तो देखिने अवस्थामा छ।

    प्रहरीका अनुसार शवको प्रकृति हेर्दा आमा–छोराको ५/६ दिन अघि नै मृत्यु भएको जस्तो देखिन्छ। सुदिपको मृत्यु भएको एक दुई दिन मात्र भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्।  घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो।शुक्रबार मृतक सुदिपका भाइबुहारी दाजुलाई मासु पुर्‍याउन आउँदा घटना बाहिर आएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीले मृतकको पोष्ट मार्टमपछि मात्र कारण खुल्न सक्ने  बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार