Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिंँदा एकको मृत्यु

कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिंँदा एकको मृत्यु


मध्यान्तर
  • शुक्रबार, मंसिर २६ २०७७

  • काठमाडौं । राजधानीको कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिंँदा  एकको मृत्यु भएको छ ।  मृतक सडकपेटीमा बस्दै आएका नागरिक भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा प्रदेश २ को ०३००१ ख १४२० नम्बरको ट्रक ढुङ्गेअड्डा–कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो ।

    सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो । पछि ट्रक बिजुलीको पोलमा पुगेर ठोक्किएको थियो । बिजुलीको पोलसमेत भाँचेर टहरामा पुगेर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार