Online Nepal सोमबार, बैशाख ३१ २०८१

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


मध्यान्तर
  • बुधबार, बैशाख २२ २०७८

  • काठमाडौं । दाङमा गए राति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
    मदनभण्डारी लोकमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानबाट बा १३ च ८०४८ नम्बरको जिप दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको हो। रोल्पाबाट घोराही आउँदै गरेको जिप राति साढे ९ बजे दुर्घटनामा परेको बताइएको छ।

    दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय बसन्त भण्डारी घाइते भएका छन्। जंगलमा अड्किएको अवस्थामा घाइतेहरुको प्रहरीले बिहान उद्धार गरि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको छ। घाइतेहरुको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ। जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ।

     

    प्रतिक्रिया
    थप समाचार