Online Nepal सोमबार, बैशाख ३१ २०८१

बारामा दुई बालकको घाँटी रेटेर हत्या

बारामा दुई बालकको घाँटी रेटेर हत्या


मध्यान्तर
  • मंगलबार, जेष्ठ ४ २०७८

  • काठमाडौं । बारामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको कलैया उपनगरपालिकाको निर्माणाधिन अवस्थामा रहेको मदस्राको भवनमा उनीहरुको शव फेला परेको छ ।

    ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको हो । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् ।  प्रहरीका अनुसार उनीहरु हिजो दिउँसोबाट हराएका थिए । साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

     

    प्रतिक्रिया
    थप समाचार