Online Nepal सोमबार, बैशाख ३१ २०८१

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु


मध्यान्तर
  • बुधबार, जेष्ठ ५ २०७८

  • काठमाडौँ । सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ।बुधबार पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभर घाइते भएका थिए।

    घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताए। उनको तीघ्रामा गोली लागेको प्रहरीले जनाएको छ।
    युवाको घुँडामुनि गोली लागे पनि मृत्यु भएको हो।

    साथै स्थानीय युवाहरूको भीडको आक्रमणबाट सशस्त्रका प्रहरी नायब निरीक्षक शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार