Online Nepal सोमबार, बैशाख ३१ २०८१

७९ वर्षीय वृद्धको हतियार प्रहार गरी हत्या

७९ वर्षीय वृद्धको हतियार प्रहार गरी हत्या


मध्यान्तर
  • आइतबार, जेष्ठ ३० २०७८

  • काठमाडौँ । फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएकोे छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छन् । सासुससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

    मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्ति भरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार