Online Nepal आइतबार, जेष्ठ ६ २०८१

चितवनमा बस र ट्रक ठोकिंदा चारको मृत्यु १७ घाइते

चितवनमा बस र ट्रक ठोकिंदा चारको मृत्यु १७ घाइते


मध्यान्तर
  • बुधबार, साउन २३ २०७५

  • काठमाडौं । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१० भानुचोकमा मंगलबार राति यात्रु बस र ट्रक ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

    काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६ ख १७४१ नम्बरको यात्रुबस र विपरित दिशाबाट आइरहेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    मंगलबार राति ११ बजे यो दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सह–चालक चन्द्रनिगाहपुरकै ३० वर्षीय बुद्धिमान लामाको ज्यान गएको छ ।

    त्यसैगरी दुर्घटनामा बसमा सवार यात्रु ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का ४२ वर्षीय तारा बराल र काठमाडौंको थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको ज्यान गएको छ । यो दुर्घटना दुवै सवारीको अत्यधिक गतिका कारण भएको प्रहरीको भनाइ छ ।

    घाइते भएका १७ मध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार