Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौंमा दुई छुट्टाछुट्टै ठाउँमा सिलिण्डर विस्फोट हुदाँ दुई जनाको मृत्यु आठ जना घाइते

काठमाडौंमा दुई छुट्टाछुट्टै ठाउँमा सिलिण्डर विस्फोट हुदाँ दुई जनाको मृत्यु आठ जना घाइते


मध्यान्तर
  • आइतबार, जेष्ठ १२ २०७६

  • काठमाडौं । काठमाडौंमा आइतबार दिउँसो भएको छुट्टाछुट्टै ग्यास सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । दुवै विष्फोटका घटनामा आठ जना घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    प्रहरीकाअनुसार सुकेधारामा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् । अनामनगरमा एक जनाको मृत्यु र तीन जना घाइते भएको बोगटीले बताए ।

    डिएपपी बोगटीका अनुसार मृत्यु हुने व्यक्तिको कुनै जानकारी खुल्न सकेको छैन । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार