Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गैह् आबासीय नेपाली संघको सचिब पदमा अष्ट्रेलियाबाट अभिमानको उम्मेदवारी

गैह् आबासीय नेपाली संघको सचिब पदमा अष्ट्रेलियाबाट अभिमानको उम्मेदवारी


मध्यान्तर
  • शनिबार, भाद्र १२ २०७८

  • काठमाडौं । अभिमान सिंह बस्नेतले गैर आवासीय नेपाली संघ (एनआरएनए) को लागि सचिब पदमा उम्मेदवारी दिने भएका छन । लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका सामाजिक अभियन्ताको रूपमा पनि परिचित बस्नेतले सन २०२१-२०२३ को लागि सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

    ‘आगामी अक्टोबर २३-२५ मा नेपालमा हुन गैरहेको एनआरएनए अन्तरराष्ट्रिय परिषद आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा आफू पनि सचिब पदको आकांक्षी रहेको कुरा यहाँहरु सबैमा सविनय जानकारी गराउन पाउँदा खुशी लागेको छ‘ उनले भनेका छन्, ‘म सन् २००८ देखी अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेको छ ।’ सन् २०१५-२०१७ को कार्यकालको लागि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरेपछी निरन्तर रुपमा म नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सकृय छु र यस अघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म लागि परिरहेकै छु‘ आफ्नो बारेमा अभिमानले जानकारी दिएका छन ।

     

    आफूले एनआरएन अभियानलाई हाम्रो अधिकार, जिबनशैली अनि जिम्मेवारीको अभियानको रुपमा लिएको बताऊँदै सिंहले दोहोरो नागरिकता पाउँदै गर्दा जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नु पर्छ भन्ने आफूले राम्ररी बुझेको बताएका छन ।

    अभिमानले अगाडि भनेका छन्, ‘सायद हामी पछीको वा हाम्रा छोराछोरी नाती नातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तबरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ। हामी नेपालीहरुको माइग्रेसनको ईतिहास खासै लामो पनि त होइन, तर पनि यो प्रबासी जिबन अजमाउने कुरो हाम्रो लागि नौलो र नयाँ पनि होइन। धेरैले यो सानो समयमा उल्लेख्य प्रगति गरेका छन, जिबन र जगतको अनुभब संगालेका छन, सफल भएका छन, ब्यबसायिक भएका, नाम कमाएका छन। अहिलेको अबस्थासम्म आइपुग्दा नै सफल बैज्ञानिक, बिज्ञ, ब्यबसायी, मार्गदर्शक, समाजसेबी, राजनीतिक एबम अनेकौं पेशाकर्मीको पहिचान बोकेर विश्वभरका नेपालीहरुले जताततै दह्रो उपस्थिति बनाएका छन। त्यसमा गर्व गर्न सक्नुपर्छ हामीले ।’

    अभिमानले आफ्नो उम्मेदवारी घोषणा गर्दै अगाडि भनेकाछन्, ‘कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्दीलाई मातृभूमिको उत्थान र बिकासमा लगाउने जिम्मेवारी पनि अहिले सम्पूर्ण एनआरएनहरुले महसुस गरेका छौं होला भन्ने बिश्वास मलाई छ ।’

    यस्तो छ अभिमानको प्रतिबद्धता

    १) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

    २) पर्यटन प्रवर्द्दनमा एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने

    ३) Ancestry tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने

    ४) संसारभरिको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने

    ५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने

    ६) बर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने

    ७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको बाताबरण बनाउने   ८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने

    ९) ICC सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने

    अभिमानले आफ्ना योजनाहरुलाई एजेण्डाको रुपमा आगाडी ल्याएको बताउंदै नेपाल पुगेपछी छलफल, परिस्थिती र भूमिका हेरेर यसलाई अझ परिस्कृत गर्ने कुरा बताएका छन । उनले अगाडि भनेका छन्, ‘आगामी २ बर्ष मेरा एजेण्डाहरु मात्र होइन तपाईंहरूको सल्लाह र सुझाबलाई पनि समेटेर मैले मेरो क्षमताले भ्याएसम्म एनआरएनहरुले लिएको उद्देश्य र योजना कार्यान्वयन गर्न कटिबद्द रहेनेछु ।’

    प्रतिक्रिया
    थप समाचार