Online Nepal आइतबार, जेष्ठ ६ २०८१

इजरायलको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुग्यो : चीन

इजरायलको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुग्यो : चीन


मध्यान्तर
  • आइतबार, असोज २८ २०८०

  • काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामुहिक दण्ड दिन रोक्नु पर्ने बताएका छन् ।

    साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर वाङ यीले गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताए ।

    चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चीनले इजरायल हमासबीचको संघर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउनका लागि आउँदो हप्ता विशेष दूत पनि पठाउन लागेको छ ।

    गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा सैन्य कारबाही तिव्र बनाएको छ । जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार