टीकाराम यात्री जी तपाईंको “अँध्यारो बाट उज्यालोतिर ” भन्ने कार्यकम मैले यु ट्युबमा भर्खरै हेंरे । अबको तपाईंको अर्को कार्यक्रममा मलाई बोलाउनुस् है ?मैले तपाईंलाई अनुरोध गरे । हुन् त म सामान्य नागरिक हु यो देशको ५० वर्ष उमेर पुगेको । विश्वविद्यालयको सामान्य शिक्षक हुँ जेनेरेसन एक्स। तपाईंका कार्यक्रमहरु अलि अलि हेर्छु । अघिल्लो मेरो फेसबुक ह्याक भयो । त्यसमा मेरो बारेमा तपाईंले थप केही सूचनाहरू पाउनु हुन्थ्यो। कसैले मेरो त्यो फेसबुक रिस्टोर गरिदिनु भए देखि धेरै नै आभारी हुने थिए । केही वर्षदेखि Chandra Lamichhane भन्ने यो फेसबुक आइडी मैले अहिले चलाइरहेको छु । कृपया यात्री जी मलाई फेसबुकमा सर्च गर्नु होला है । सामान्य मान्छे हूँ थोरै जानकारी भए पनि पाउनु भने हुने नै छ। म यो देशको निस्वार्थी एउटा भुई मान्छे पनि हूँ तर कुनै चिनिएको सेलिब्रेटी भनें हैन है ।
भिमार्जन आचार्य ज्यू को विज्ञता र आदर्श प्रति म कुनै शंका गर्दिन तर उहाँको विचार र भनाइहरुमा यो कार्यक्रममा भने ठूलो जेनेरेसन ग्याप देखियो। तपाईंको सोचमा पनि धेरै कमजोरी र ग्यापहरु देखिएका छन् । हुनत मान्छे सधैंभरि त्यतिकै सर्वज्ञानी रहिरहँदैन । जीवन चक्रको हरेक अवस्थालाई उसले नचाहेर पनि गुजार्नै पर्दछ यदि ऊ सामान्य मृत्युबरण गर्ने समयसम्म जीवित रही रहने हो भने। मानव जीवन चक्रमा यो असम्भ्यभावी नै छ। तपाईं आफूले आफूलाई एकपटक disguise गरेर दर्शक हरु बीच आफ्नो बारेमा अनुसन्धान गरेर हेर्नु होला है ।
एउटा राम्रो बुझेको जेन जेड पुस्ताको भाई बहिनीलाई ल्याएर त्यो कार्यक्रम बनाएको भए सरकार, संविधान, आन्दोलन र परिवर्तनको बारेमा यति लामो समय खर्च नगरिकन उनीहरूले तपाईं हामीलाई राम्ररी बुझाइ दिन्थें होला जस्तो लाग्छ ।
परिवर्तनको यस्तो अवस्थामा सरकार बनाउने र नियमहरु कार्यान्वयन गर्ने काममा हृदयलाई प्रथमिकतामा राखेर दिमागले काम गर्नु पर्दछ भन्ने जस्तो मलाई लाग्छ ।
यात्री जी, तपाईंले मानव सभ्यताको विकासको इतिहासमा विभिन्न राष्ट्रहरुमा विभिन्न समयका काल खण्डहरुमा भएका आन्दोलनहरु र सत्ता परिवर्तनका इतिहास हरुलाई मिहिन ढंगले अध्ययन गर्नुहोस् र तिनीहरूलाई अहिलेको यो आन्दोलनसँग जोडेर हेर्नुहोस् है ।
तपाईंले भर्खरै बेलायतमा रहेर बनाएको कार्ल मार्क्स सम्बन्धी कार्यक्रम पनि मैले हेरेको थिएँ। त्यसमा पनि तपाईंको सूचना संकलन गरेर कार्यक्रम बनाउनु पर्ने कुरामा कमजोर इन्टिलिजेन्स देखिन्छ।
तपाईं याद गर्नुस है तपाईंले बुझ्ने तरिकामा फरक र कमजोरी भने हुन सक्दछ। म यो स्वीकार गर्दछु । किनकि यो मानविय गुण पनि हो ।
तर तपाईंले प्रसारण गरिरहेको अहिलेको यो कार्यक्रम भने समय र सन्दर्भको हिसाबले अति नै संवेदनशील विषय हो ।
अब ,अन्त्यमा केही जिज्ञासा राखेर विट मारे है त !
अहिले कार्यान्वयन भइरहेको भनिएको यो संविधान र यी जेनजे पुस्ताहरुले गरेको आन्दोलनको मर्म र अपेक्षा बीचमा के कति तादम्यता होला ?
अहिले भनिएको संविधान त्यसबेला कसरी बनाइएको थियो ? त्यसबेलाको कथित दुई पटक को दस वर्षे संविधानसभामा यी टाउके भ्रष्ट नेताहरुले कथित चुनिएर आएका भनिएका ६०१ जना संविधान बनाउने भनिएका प्रतिनिधि भेडाहरुलाई कसरी हरेक बैठकमा म्याउ भन्न लगाई रहन्थे तपाईंले बिर्सनु भयो ?
यो संविधानमा के कसरी आफू राज्य दोहन गर्ने ठाउँमा नमरुन्जेल रहिरहन सकिन्छ भनेर यी टाउके दुई चार जना भ्रष्ट नेताहरुले के कस्ता प्रोभिजन हरु बनाएर राखे र यो देश आज यस्तो अवस्थामा पुग्यो, एकपटक टाउकोमा हात राखेर सोच्नुस् त ?
के यो संविधानले हिजो तथा आज पनि तपाईं हामी गरिखान खोज्ने नागरिकलाई कहाँ कसरी सम्बोधन गरेको छ मलाई देखाई दिनुस् त ?
ऐन नियम कार्यान्वयन गर्ने ठाउँमा जसरी पनि यी भ्रष्ट तथा यिनका धुपौरेँहरु नै पुग्ने गरी संविधान बनाए पछि अनि के हुन्छ ?
यात्री र आचार्य दुवै ज्यूले मेरो मनलाई अहिले सम्झाई दिनुस् त यो जेनजेको आन्दोलनमा मारिएका ती अबोध केटाकेटीहरूलाई तपाईंहरु यो संविधानको कुन कानुनमा टेकेर के न्याय दिनुहुन्छ ?
तपाईहरुले जवाफ दिनुस् त यी भ्रष्ट नेताहरुले यो संविधान अनुसार अभ्यास गरिरहेको यो लोकतन्त्र कस्तो लोकतन्त्र ? भर्खरैको चुनावमा नेपाली जनताहरुले बहिष्कृत गरिदिएका यि नेताहरू र यिनका नातागोता आसेपासेहरु अर्को चुनाव सम्म पनि नकुरी समानुपातिक जस्तो न्यायिक शब्दको बदनाम गर्दै जसरी पनि संसद हुँदै मन्त्री हुनै पर्ने ?
अझै समानुपातिक लाई नै प्रधानमन्त्री पनि बनाउने कुरा पछिल्ला दिनहरूमा यी नेताहरुले नै गर्दै थिए , भिमार्जुन ज्यू लाई याद छ नि ?
भर्खरैको इतिहासमा फर्केर हेर्दा यी नेताहरुले के-के गर्न भ्याएका थिए यो देशमा, एउटा पार्टीले अर्को पार्टी तथा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई खुइल्याउन यिनीहरू एउटाले अर्कोलाई र अर्कोले अर्कोलाई रअ को एजेन्ट र सीआईएको एजेन्ट वर्षौंदेखि आफू-आफू नै भन्दै आइरहेका थिए । अलिकति संकट पर्यो कि अब विदेशीले हस्तक्षेप गर्छन् भनेर हामीलाई यी नेताहरु त्रसाइरहन्थे । अनि उनीहरू भने तिनै विदेशीहरूसँग आफ्नो फाइदाको लागि देश नै बेच्न पछि नपर्ने ढंगले हिमचिम गर्थे र सम्झौता गर्न पटक पटक तयार रहन्थे ?
यस्ता कंस्पिरेसी थेउरीहरुले कृपया अब हाम्रा दिमागहरुलाई नबिथोलिदिनुस । तपाईं आफूहरुलाई बुद्धिजीवी भन्नु हुँदोरहेछ यसको जवाफ पनि चित्तबुझ्दो तरिकाले दिनुहोस् ।
कुनै राम्रो व्यापारीले कुनै अमूक पार्टीको लागि करोडौंको जग्गा किनिदिएको र घर बनाइदिन्छु भनेर पार्टीकै कार्यक्रममा पब्लिकली भाषण गर्न मिल्छ ? तपाईंका टेलिभिजनहरुले त्यस दिन भरिकै प्रमुख समाचारको हेड लाइन यस्ता कुरालाई बनाइरहन मिल्छ ? आगजनी र तोडफोडको म पनि सख्त विरोध गर्छु । जसको जे क्षती भयो देशकै सम्पति क्षती भयो ।
भीमार्जुन ज्यू , केहि देन अगाडी राष्ट्रपतिले तपाईंलाई सल्लाह गर्न बोलाउनु भएको रहेछ । यो संविधान बनाउने क्रममा राष्ट्रियसभाको कल्पना गर्दा तपाईंलाई यी नेताहरुले त्यसबेला भने बोलाएकी बोलाएनन् ? बोलाएको भए त्यसबेला तपाइँले के सल्लाह दिनुभएको थियो ? कृपया अहिले बोली दिनुस् न है ?
कुनै युनिभर्सिटीको प्रध्यापक, विदेशी विश्वविद्यालयहरुले पत्त्याएको व्यत्ति र अन्तर्राष्ट्रिय विज्ञ पनि ,यो देशमा यही भ्रष्ट नेताहरुले कब्जा गरेको कुनै पार्टीबाट भर्खरै चुनाव लड्ने र चुनाव हार्ने अनि तुरुन्तै गलत मनसाय र प्रकृया प्रयोग गरेर लाभको अर्को कुनै पदमा नियुक्त लिईहाल्ने। राजनीतिमा यस्तो मनसाय र प्रकृयालाई तपाईंले बुझेको कानुनमा के भनिन्छ र कसरी हेरिन्छ हामीलाई बुजाईदिनुस ?
नेपाली सेना प्रति हिजो पनि र आज पनि आम नेपाली जनताहरुले कहिलै कुनै शंका गरेकै छैनन् । जे अप्ठ्यारो पर्दा पनि यो देशमा सेना नभई हुँदैन थियो ,चाहे बाढी पहिरोको संकट आओस् , चाहे भूकम्पको संकट आओस् , चाहे बस्तीमा आगलागी भएको होस्, चाहे भाइरस संक्रमणको अवस्था होस् , चाहे अहिलेको अवस्था होस् । बरु हिजोको दिन तपाईहरुमा जस्ता बुद्धिजीवीहरूले सेनालाई यस्ता कार्यक्रमहरुमा पटक-पटक शंका गरिरहने भाष्य निर्माण गर्न सहयोग पो गर्नु भयो कि आ-आफ्नो आत्मा समीक्षा गर्ने हो कि अब ?
अब,यी भ्रष्ट आततायी अपराधी नेताहरुलाई हामीले यो संविधानको कुन कानुनमा टेकेर के सजाए दिनु पर्ने हो ?
साथै अहिलेका भनिएका महामहिम राष्ट्रपति अस्ति भर्खरैका को हुन त ? यो संविधानले किन यस्ता व्यक्ति हरुलाई राष्ट्रपति बनाउने नियम राखेको होला ? यदि यो देशको सबैभन्दा सर्वोच्च व्यक्तिको नियुक्ति गर्ने विषय र पक्रिया नै संविधानमा गलत छ भने अब के गर्ने होला हामीलाई बुझाइदिनुस ?
यत्रो ठूलो परिवर्तनको बहाबलाई फेरि हिजोको भ्रष्ट कानुन र भ्रष्ट नेताहरुसँग सम्झौता गरेर टुंग्याउनुपर्ने जस्तो भाष्य निर्माण गर्न सहयोग पुग्ने गरी यस्तो कार्यकमहरु यस्तो बेला कृपया अब नबनाई दिनुस् है ।
यी जेनजीहरू तपाईं हामी भन्दा धेरै राष्ट्र प्रेमी छन् । धेरै बुझेका छन् ।
मैले यस्तो कुरा लेखे बापत अब त मलाई यो देशमा कुनै खतरा त हुन्न होला नि है यात्री र आचार्य ज्यू ?
धन्यवाद । जय देश ।