Online Nepal बुधबार, जेष्ठ २ २०८१

त्रिभुवन विमानस्थलमा ६ महिनापछि पुनः चहलपहल सुरु

त्रिभुवन विमानस्थलमा ६ महिनापछि पुनः चहलपहल सुरु


मध्यान्तर
  • सोमबार, असोज ५ २०७७

  • फोटो सौजन्यः बुद्ध एयर

    काठमाडौं । कोरोना महामारीका कारण विगत ६ महिनादेखि अत्यावश्यक सेवा बाहेकका सबै हवाई उडान रोकिएपछि बन्द रहेको त्रिभुवन विमानस्थलमा पुनः चहलपहल सुरु भएको छ । कोरोना भाइरसको महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान स्वास्थ्य सावधानी अपनाएर आज सोमबारदेखि सुरु भएको हो ।

    आन्तरिक हवाई उडान सुरु भएकै दिन धेरै यात्रु आफ्नो गन्तव्यमा जान विमानस्थल पुगेका थिए । आफ्नो सरसामान बोकेर एयरपोर्ट पुगेका यात्रुहरुको चहलपहल देख्दा लकडाउन अघिकै झझल्को देखिन्थ्यो । विमानस्थलको पार्किङमा ट्याक्सी र निजी सवारी साधन पनि बाक्लै देखिन्थ्यो ।

    आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत मात्र हवाई उडान विमास्थल प्रशासनले जनाएको छ । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुने बताइएको छ ।

    पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार