Online Nepal बिहिबार, चैत्र १५ २०८०

गृहले सहमति दिएसँगै उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिरमा निश्चित

गृहले सहमति दिएसँगै उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिरमा निश्चित


मध्यान्तर
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तय गरेकै मितिमा ५४औं साधरण सभा हुने निश्चित भएको छ । महासंघको मंसिर ११ र १२ गते सधारण सभा गर्ने निर्णयलाई गृहमन्त्रालयले आज शुक्रबार सहमति दिएपछि तोकिएकै समयमा साधारणसभा हुने निश्चित भएको हो ।

    सरकारले निषेधाज्ञा र लकडाउन खोलेसँग महासंघ पदाधिकारी बैठकले साधारणसभाको मिति टुंग्याएको हो । महासंघले अघिल्लो शुक्रबार पदाधिकारी बैठक बसेर चैतदेखि रोकिएको नेतृत्व चयन समेतको साधरण सभा मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेसँगै गृहसँग सहमति मागेको थियो ।

    महासंघको गत चैत २८ र २९ गतेका लागि तय भएको साधारण सभा कोरानाका कारण स्थगित भएको थियो । त्यसपछि जेठको पहिलो साता गर्ने गरी मिति तोकिएपनि कोरोना प्रभाव र लकडाउन कायमै रहेका कारण साधारणसभा रोकिएको थियो । जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो । साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    महासंघको निर्वाचन मिति तय भएसँगै व्यवसायीहरु दुई ग्रुपमा विभाजन भइसकेका छन । महासंघको ५४ औं साधरण सभाबाट अहिलेका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुने छन भने बाँकी पदाधिकारीको लागि भने निर्वाचन हुने छन् । वरिष्ठ उपाध्यक्षमा लागि व्यवसायी किशोर प्रधान र चन्द्र प्रसाद ढकाल चुनावी मैदानमा रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार