Online Nepal बुधबार, जेष्ठ २ २०८१

तातोपानी नाका यहि असोज १९ गतेदेखि संचालनमा आउने

तातोपानी नाका यहि असोज १९ गतेदेखि संचालनमा आउने


मध्यान्तर
  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । कोरोना संक्रमण फैलिनु अगाडीदेखि बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका यहि असोज १९ गतेदेखि संचालनमा आउने भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी पुरा भइ १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धित सबैको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालन गरिनेछ ।

    नाका बन्द हुँदा सिमापारी व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना बितिसकेको छ । व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए । नेपाल हिमालय सीमापार वाणिज्य संघले खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी रहेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार