Online Nepal बिहिबार, बैशाख ६ २०८१

पर्यटनमन्त्रीको भट्टराईको राजीनामा माग्दै ट्रेकिङ मजदुरहरु आन्दोलनमा

पर्यटनमन्त्रीको भट्टराईको राजीनामा माग्दै ट्रेकिङ मजदुरहरु आन्दोलनमा


मध्यान्तर
  • मंगलबार, असोज २७ २०७७

  • काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध सडकमा राजीनामाको मागसहित ट्रेकिङ मजदुरहरुले मंगलबार विरोध प्रदर्शन गरेका छन् । लामो समयसम्म पर्यटन क्षेत्र बन्द रहँदा आफूहरुको गाँस नै रोकिएको भन्दै तत्काल रोजगारको व्यवस्था गर्न माग गर्दै दर्जनौं मजदुरहरुले नेपाल पर्यटन बोर्डको कार्यालय गेट भृकुटीमण्डमा विरोध प्रदर्शन गरेका हुन् ।

    मजदुरको रोजगारी र गाँसबासबारे बेवास्ता गरी मन्त्री भट्टराई कानमा तेल हालेर बसेको तर्क प्रदर्शनकारीहरुले गरेका छन् । प्रदर्शनमा टे«किङ व्यवसायका महिला, पुरुष मजदुरहरु सहभागी थिए । ब्यानरसहित उनीहरुले ट्रेकिङमा प्रयोग हुने सामानहरु समेत प्रदर्शन गरे ।

    कोरोना भाइरसका कारण चैतमा बन्द गरिएको पर्यटन क्षेत्र सरकारले अझै खुला गरेको छैन । वैकल्पिक व्यवस्था मिलाइरहेको आश्वसन मन्त्री भट्टराईले पटकपटक दिएर आफूहरुलाई धोका दिएकोले तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।

    यसअघि पनि पर्यटकमा आश्रित होटल, रेष्टुरेन्टका मजदुरहरुले मन्त्री भट्टराईविरुद्ध बोर्ड परिसरमै छिरेर प्रदर्शन गरिसकेका छन् । प्रदर्शनकारीहरुले आफूहरुको रोजगारको ग्यारेन्टी गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार