Online Nepal बुधबार, जेष्ठ २ २०८१
पत्रपत्रिका

अर्थमन्त्रालयको कर्मचारीलाई आग्रहः आचारसंहिता पालना गरि जिम्मेवारी पुर्वक लगनशील भएर काम गर्नु

अर्थमन्त्रालयको कर्मचारीलाई आग्रहः आचारसंहिता पालना गरि जिम्मेवारी पुर्वक लगनशील भएर काम गर्नु


मध्यान्तर
  • मंगलबार, माघ ८ २०७५

  • काठमाडौं । अर्थमन्त्रालयले कर्मचारीहरुलाई आचार संहितामा रहेर जिम्मेवारी पुर्वक काम गर्न आग्रह गरेको छ । मन्त्रालयले पदीय जिम्मेवारी भित्र रहेर इमान्दरीपुर्वक काम गर्न आफु मातहतका कर्मचारीहरुलाई आग्रह गरेको हाहे ।

    कर्मचारीका लागि आचारसंहिता जारी गर्दै मन्त्रालयले आफुले पाएको जिम्मेवारी लगनशील भएर पुरा गर्न आग्रह गरेको छ । ११ पुष्ठ लामो आचारसंहितामा पदीय जिम्मेवारीको प्रयोग गरेर व्यक्तिगत काम नगराउन, वैदेशिक भ्रमणका लागि कार्यालयको स्वीकृतिबेगर पत्राचार नगर्न, स्वीकृति नलिई उपहार नलिन र राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारी प्रयोग नगर्न आग्रह गरिएको छ ।

    यस्तै, माथिल्लो निकायको स्वीकृति विना सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेट्न रोक लगाइएको छ । साथै विवाह, ब्रतबन्ध जस्ता सामाजिक काम गर्दा मितव्ययी एवं सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

    कुनै पनि तथ्य वा तथ्यांकलाई जानीबुझी गलत वा भ्रामक अर्थ दिने गरी ब्याख्या गर्न नहुने पनि आचारसंहितामा भनिएको छ । कसैको अनुचित प्रलोभनमा नपर्न, भ्रमणमा जादा सेवाग्राहीको प्रयोजनमा खाने बस्ने नगर्न, कार्यालय समयभित्र कार्यालय प्रयोजबाहेकमा साजिक सञ्जालको प्रयोग नगर्न पनि आचारसंहिताले भनेको छ ।

    अर्थमन्त्री डा। युवराज खतिवडाले गत पुस ३० गते आचारसंहिता स्वीकृत गर्नुभएको थियो । समाचार कान्तिपुर दैनिकमा छ ।

    प्रतिक्रिया
    थप समाचार