Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कंगारुले यहि साउन १६ गते बृहत ‘शैक्षिक मेला’ संचालन गर्ने

कंगारुले यहि साउन १६ गते बृहत ‘शैक्षिक मेला’ संचालन गर्ने


मध्यान्तर संवाददाता
  • सोमबार, साउन १४ २०७५

  • काठमाडौं । वैदेशिक शिक्षा सम्बन्धि परामर्श दिंदै आएको कंगारु एजुकेशन फाउण्डेशनले पाँचवटा शैक्षिक गन्तव्यलाई समेटेर एक दिने बृहत ‘शैक्षिक मेला’ संचालन गर्ने भएको छ । शैक्षिक परामर्शमा एकदशक पार गरिसकेको फाउण्डेशनले पुतलीसडक पद्मोदयमोडस्थित एबी कम्प्लेक्सको आफ्नै कार्यालय रहेको सभाहलमा यहि साउन १६ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मेला संचालन गर्ने भएको हो । त्यस्तै काठमाडौं बाहिर पोखरामा पनि आफ्नै शाखा कार्यालयको रहेको चिप्लेढुङ्गास्थित सेलवेज टावर परिसरमा यहि साउन १८ र १९ गते मेला आयोजना हुने फाउण्डेशनले जनाएको छ ।

    वैदेशिक शिक्षा सम्बन्धि एउटै थलोबाट विद्यार्थी एवं अभिभावकले सहि सूचना र परामर्श लिन सकुन् भन्ने उदेश्यले मेला संचालन गर्न लागिएको कंगारुका प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए । मेला अवलोकनको लागि आउने विद्यार्थी एवं अभिभावकले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न र जिज्ञासा राख्न सक्नेछन् । सबै विद्यार्थीको अध्ययन गन्तव्य एउटा मात्रै देश नहुने भएकाले मेलामा विभिन्न मुलुकका कलेज तथा विश्वविद्यालयलाई सामेल गराइएको छ ।

    मेलामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजल्याण्ड र युरोपका गरी २६ भन्दा बढी प्रतिष्ठित कलेज तथा विश्वविद्यालयको सहभागिता रहने छ । मेला अवलोकनको लागि आउनेहरुलाई निशुःल्क प्रवेश र गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको फाउण्डेशले जनाएको छ ।

    झण्डै एकहजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको मेलाले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई सहि परामर्श र सहजीकरणको लागि प्रभावकारी भूमिका खेल्नेमा आफु विश्वस्त रहेको तिमल्सिनाले बताए ।

    प्रतिक्रिया
    थप समाचार