Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कर विवाद समाधान गर्न सचिवस्तरीय समिति गठन

कर विवाद समाधान गर्न सचिवस्तरीय समिति गठन


मध्यान्तर
  • शुक्रबार, भाद्र १ २०७५

  • काठमाडौं । जताततै करसम्बन्धि विवाद देखापर्न थालेपछि सरकारले यसको समाधानको लागि सचिवस्तरीय समिति गठन गरेको छ ।मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ ।

    संघीय मामिलमा तथा सामान्य प्रशासन मनत्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित समितिले हाल संघ, प्रदेश र स्थानीय तहबीच उत्पन्न कर विवाद र अहिले उठेका करका दरहरुसम्बन्धी सवालहरु सम्बोधन गर्न सरकारलाई सुझाव दिनेछ ।

    समितिमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र वित्त आयोगका सचिव बैकुण्ठ अर्याल सदस्य छन् ।
    यस्तै अर्थ मन्त्रालयले पनि उद्योग व्यवसायीले दोहोरो करबारे उठाएका सवालाई सम्बोधन गर्न अर्को समिति गठन गरेको छ ।

    संघ, प्रदेश र स्थानीय तहमा दोहोरो पर्ने गरी कर निर्धारण गरिएको व्यवसायीको दावीमाथि छानविन गरेर सुझाव दिन राजश्व महाशाखका प्रमुख हरिशरण पुडासैनीको नेतृत्वका व्यवसायी सहितको समिति बनाइएको अर्थमन्त्रालयले जनाएको छ ।

    दुबै समितिले तयार पारेको प्रतिवेदनका आधारमा सरकारले उपयुक्त कदम चाल्ने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । अर्थमन्त्रालयले साउन महिनामा मात्रै ११ वटा कर कार्यालय थप गरेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार